+
+

इजेड वर्ल्डवाइड रेमिट र इसेवा मनि ट्रान्सफर बीच सम्झौता

विश्वका ४० मुलुकबाट सहजै रेमिट्यान्स पठाउन सकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १४:१६

काठमाडौं । इसेवा मनि ट्रान्सफर र बैंक बीएफसी बेंक अन्तर्गत रहेको इजेड रेमिट बीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बीएफसी बैंकका शाखाहरु तथा संसारका ४० भन्दा बढी मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउँन सकिनेछ ।

सम्झौतामा इसेवा मनी ट्रान्सफरका सीईओ अजेस कोइराला र इजेड रेमिटका चिफ फाइनान्स अफिसर समेत रहेका कार्यबहक सीईओ मुजाहिद मलिकले हस्ताक्षर गरेका छन् ।

सम्झौताबारे बोल्दै इसेवा मनी ट्रान्सफरका सीईओ कोइरालाले इजेडसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुशी लागेको बताए ।

इसेडसँगको यो सहकार्यसँगै इजेड रेमिटको सेवा उपलब्ध रहेका मुलुकमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउँदा सोझै पाउने व्यक्तिको बैंकको खातामा डिपोजिट गर्न सकिने तथा इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिनेछ ।

त्यस्तै इजेड रेमिटको शाखाहरुबाट पठाएको रेमिट्यान्स नेपालभर रहेका इसेवा मनी ट्रान्सफरका १२ हजारभन्दा बढी भुक्तानी केन्द्र र इसेवाका मुलुकभर रहेका १ लाख ३० हजार बढी एजेण्ट नेटवर्कबाट तुरुन्तै रकम प्राप्त गर्न सकिने छ ।  रकम पाउने व्यक्तिले इसेवा वालेटमा उक्त रकम प्राप्त गरेर अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?