+
+

स्थानीय निर्वाचनमा मानव अधिकार उल्लंघनका दोषीलाई उम्‍मेदवार नबनाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १४:१३

१० चैत, खोटाङ। राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनमा मानव अधिकार उल्लंघनका दोषीहरूलाई उम्‍मेदवार नबनाउन आग्रह गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग,प्रदेश-१ शाखा कार्यालय खोटाङले विज्ञप्ति जारी गर्दै आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा सक्रिय प्रमुख दलहरुलाई पत्राचार गर्दै यस्तो आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आगामी २०७९ साल वैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्वाचनमा खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा स्रकिय प्रमुख राजनीतिक दलहरूलाई पत्राचार गरी मानव अधिकार उल्लंघनमा दोषी किटान गरी नाम सार्वजनिक भएका व्यक्तिहरूलाई निर्वाचनमा उम्मेद्वार नबनाउन आग्रह छ ।’

साथै निर्वाचनमा समानुपाति समावेशी सिद्धान्तको आधारमा उम्मेद्वारी तय गर्न, निर्वाचन प्रचार–प्रसारको क्रममा आयोजना गरिने कार्यक्रमहरूमा बालबालिकाहरूको प्रयोग नगर्न आयोगले आग्रह गरेको छ ।

यस्तै निर्वाचन अवधिमा हुने विभिन्न कार्यक्रमहरूमा घृणा, द्वैष फैलने जस्ता अमर्यादित किसिमका शब्दहरू कोही पनि उम्मेद्वार तथा नेतृत्वबाट व्यक्त नगर्न, निर्वाचन आयोगबाट जारी आचार-संहिताका विशेषतः मानव अधिकारसँग सम्बन्धित विषयहरूलाई प्राथमिकताका साथ पालना गर्न पनि आयोगले अनुरोध गरेको छ ।

हेर्नुस् राष्ट्रिय मानव अधिकार आयोग,प्रदेश-१ शाखा कार्यालय खोटाङले गरेको पत्राचार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?