+
+

एमालेको विभागका सचिव तोक्ने जिम्मा सचिवालयलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १५:००

१० चैत, काठमाडौं । नेकपा एमालेको केन्द्रीय विभागका सचिव चयन गर्ने जिम्मा केन्द्रीय कमिटी बैठकले सचिवालय कमिटीलाई दिएको छ ।

बिहीबारको केन्द्रीय कमिटी बैठकले विभागको सचिव तोक्ने जिम्मा सचिवालय कमिटीलाई दिएको एक नेताले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकले यसअघि नै २२ वटा विभागका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकिसकेको छ । सचिव चयन गर्ने जिम्मेवारी पनि केन्द्रीय कमिटीलाई भए पनि बिहीबारको बैठकले सचिवालय कमिटीलाई दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?