+
+

कक्षा ११ र १२ का विद्यार्थीको रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनः थप

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को विद्यार्थीको रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनःथप गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १५:०२

१० चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को विद्यार्थीको रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनःथप गरेको छ ।

यसअघि बोर्डले गत माघ ७ गतेसम्म म्याद राखेकोमा छुट भएकालाई माघ मसान्तसम्म म्याद थप गरेको थियो ।

बोर्डले दोस्रो पटक म्याद थप गर्दै चैत १६ भित्र दोब्बर शुल्कमा रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउन सक्ने जनाएको छ ।

बोर्डका अनुसार २०७८ सालमा कक्षा ११ मा भर्ना भई अध्ययनरत विद्यार्थीको रजिष्ट्रेशनन आवेदन फाराम र २०७९ सालमा सञ्चालन हुने कक्षा १२ (नियमित तथा आंशिक-ग्रेडवृद्धि) कक्षा ११ को (आंशिक-ग्रेडवृद्धि मात्र) को वार्षिक परीक्षाको आवेदन फाराम वापत प्रति विद्यार्थी १ हजार दुई सय र रजिष्ट्रेशन आवेदन फाराम वापत प्रति विद्यार्थी ८ सय बुझाई सम्बन्धित विद्यालय मार्फत बोर्डका कार्यलमा फाराम बुझाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?