+
+

स्थानीय चुनावको घोषणापत्र बनाउन एमालेले बनायो कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १६:०७

१० चैत, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउन कार्यदल गन गरेको छ । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो ।

कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिपव प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्यूरो सदस्य देवेन्द्र दाहाल, प्रभु साहका साथै मनोजजंग थापा, पूर्वअर्थमन्त्री युजराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा र सुशील ज्ञवाली छन् ।

कार्यदललाई चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा केन्द्रीय सचिवालयमा पेश गर्ने जिम्मेवारी दिइएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।  एमालेले ९ वैशाख २०७९ मा केन्द्रमा घोषणपत्र र र हरेक स्थानीय तहमा प्रतिवद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?