+
+

आदिवासी जनजाति महासंघमा कांग्रेस–एमालेबीच गठबन्धन हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १७:३४

१० चैत, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनमा नेकपा एमाले र नेपाली कांग्रेस निकट संगठनबीच गठबन्धन हुने भएको छ ।

नवलपरासीमा जारी महासंघको १० औं महाधिवेशनमा नेतृत्व छान्ने तयारी भइरहँदा एमाले र कांग्रेसले एउटै ‘प्यालन’ बनाएर चुनाव लड्ने तयारी गरेका हुन् ।

एमाले नेता पासाङ शेर्पाले एमाले र कांग्रेस निकट संगठनबाट एउटै प्यानल बनाएर प्रतिस्पर्धा गर्ने गरी छलफल भइरहेको जानकारी दिए । ‘सबै टुंगिसकेको छैन, अहिले छलफल गरिरहेका छौं,’ उनले भने । नाम टुंग्याउनेबारे छलफल भइरहेको उनले बताए ।

कांग्रेसलाई अध्यक्ष दिएर अन्य पदाधिकारी एमालेले लिने तयारी गरिरहेको छ । महाधिवेशनमा नेतृत्व चयनका लागि बिहीबार नै उम्मेदवारको मनोनयन दर्ता हुने छ ।

कांग्रेस र एमालेले एउटै प्यानल बनाउने भएपछि माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी निकट संगठनको अर्को प्यानल बनाउने तयारी भइरहेको छ ।

‘कांग्रेस एमालेका नेताहरु नै प्यानल बनाउन लागि परेका छन्,’ माओवादी केन्द्रनिकट एक नेताले भने, ‘उनीहरुले प्यानल बनाएपछि अब हाम्रो पनि प्यानल बन्छ ।’

महासंघको चुनावमा यसअघि पनि एमाले र कांग्रेस एकै प्यानल बनाएर प्रतिस्पर्धा गर्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?