+
+

उत्तरप्रदेशमा योगी आदित्यनाथले आज मुख्यमन्त्रीको शपथग्रहण गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते ८:०७

११ चैत, काठमाडौं । भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ आज दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्दैछन् ।

आज अपराह्न चार बजे लखनउको इकाना स्टेडियममा उनको सपथ ग्रहण समारोह हुने छ । समारोहमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सपथ ग्रहण समारोहलाई भव्य बनाउन लखनउका सडक, चोक र सार्वजनिक स्थानहरुलाई झण्डा, झिलिमिली बत्ती र आकर्षक होर्डिङ बोर्डहरुले सजाइएको छ ।

सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीका साथै गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहसहित केन्द्रीय सरकारका २५ मन्त्रीहरु पनि सहभागी हुने छन् । मध्य प्रदेश, हरियाणा, मणिपुर, हिमाचल प्रदेश, अरुणाचल प्रदेश, त्रिपुरा, गोवा, असम, गुजरात, उत्तराखण्ड, कर्नाटक, नागाल्याण्डका मुख्यमन्त्रीहरुलाई पनि पाहुनाको रुपमा बोलाइएको छ ।

अमर उजालामा पत्रिकामा प्रकाशित एक समाचार अनुसार विधानसभा निर्वाचनमा अहम् भूमिका निर्वाह गरेका कार्यकर्ताहरु, योग गुरु रामदेव र प्रमुख मठहरुका सन्त महन्तहरुलाई पनि सपथ ग्रहण समारोहमा निम्तो दिइएको छ ।

सपथ ग्रहण समारोहमा ७० हजार भन्दा बढी मानिसहरु भेला हुने अनुमान छ । शपथ ग्रहण समारोहस्थल वरपर सातवटा घुम्ती शौचालयका साथै भीआईपीहरुका लागि तीनवटा अस्थायी हेलिप्याड समेत निर्माण गरिएको छ ।

प्रदेशको इतिहासमा एकैदिन राजधानी लखनउमा यति धेरै भीआईपी मुभमेन्ट हुन लागेको पहिलोपटक भनिएको छ । त्यसैले सुरक्षाको कडा व्यवस्था मिलाइएको उत्तर प्रदेश प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?