११ चैत, काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र पपुवा न्यू गिनी पीएनजीबिच खेल भइरहेको छ । कप्तान सन्दीप लामिछानेले टस जितेर पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएका थिए ।
यो खेलबाट यू-१९ टिमका कप्तान देव खनालले एकदिवसीयमा डेब्यु गरेका छन् ।
नेपालको प्लेइङ-११ मा कुशल भुर्तेल, देव खनाल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, अनिल शाह (विकेटकिपर), सोमपाल कामी, कमलसिंह ऐरी, सन्दीप लामिछाने र पवन सरार्फ छन् । अनिल शाहले यसै खेलमार्फत ४ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।
हेर्नुहोस् नेपाल र पीएनजीबिचको खेलको तस्वीर
प्रतिक्रिया 4