+
+

कांग्रेस कार्यालयमा देउवाविरुद्ध नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १३:५५

११ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा परिसरमा सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ ।

नेविसंघ र नेपाल तरुण दलको अध्यक्ष मनोनयनलाई लिएर डा. शेखर कोइराला समूह निकट विद्यार्थीहरुले नाराबाजी गरेका हुन् ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुग्दैछन् । त्यही बेला पार्टी कार्यालय प्रवेश गर्ने सडक छेउमा बसेका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?