११ चैत्र, काठमाडौं । कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ ।
अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप शुक्रबार बिहान आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।
अमेरिकी सरकारले ९२ लाख डोज दिने घोषणा गरेको छ । ‘शुक्रबार आएको खोप पहिलो खेप हो । बाँकी क्रमश आउने छ,’ चौरसियाले भने । विभागका अनुसार २८ मार्चमा थप ८ लाखको फाइजर खोप आउने कार्यतालिका छ ।
फाइजर खोप १२ वर्ष भन्दा उमेरका नागरिकलाई दिइने छ । पछिल्लो तथ्यांक अनुसार ६० लाख डोज खोप भण्डारणमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4