+
+
सप्तरी प्रिमियर लिग :

टिभीएस किंग्स र तिलाठी कोइलाडीको जित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १७:५९

११ चैत, काठमाडौं । सप्तरीको राजविराजमा जारि चौंथो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुईवटा खेलमा टिभीएस किंग्स राजविराज र तिलाठी कोइलाडी जायन्ट्स विजयी भएका छन्।

दिनको पहिलो खेलमा महबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजले रोहित कुमार सिंह कप्तानीको राजविराज द किंगलाई ३ विकेटले पराजित गरेको छ।

राजविराज द किंगले दिएको १२१ रनको लक्ष्य टिभीएस किंग्स राजविराजले १८.१ ओभरमा ३ विकेट क्षेतीमा भेटायो।

टिभीएस किंग्सको जितमा कप्तान महबुब आलमले सर्वाधिक ५४ रन योगदान दिए जुन क्रममा प्लेयर अफ द म्याच घोषित आलमले ३१ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। पप्पु यादवले ११ रन योगदान दिए।

३१ रनमा ४ विकेट गुमेको अवस्थामा आलमले पप्पु यादवसंग ६७ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। राजविराज द किंगको बलिंगमा अनिल यादव र रुपेश कुमार सिंहले २/२ विकेट तथा फिर्दोश अन्सारी र चित्र बहादुर बिस्टले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको राजविराज द किंग्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १२० रन बनाएको थियो। उसको लागि नन्दन यादवले सर्वाधिक ३० रन, फिर्दोश अन्सारीले २२ तथा रुपेश कुमार सिंहले ११ रन योगदान दिए।

टिभीएस किंग्स राजविराजका बलर भुलावन सहानीले सर्वाधिक ३ विकेट, मनिष मण्डल र महबुब आलमले समान २ विकेट तथा बिशाल सुश्लिंग र पप्पु यादवले समान १ विकेट लिए।

दिनको दोश्रो खेलमा तिलाठी कोइलाडी जायन्ट्सले बजाज खडक वारियर्सलाई २ विकेटले पराजित गर्यो। रोमान्चक खेलमा बजाज खडक वारियर्सले दिएको २०१ रनको लक्ष्य तिलाठी कोइलाडीले २ बल बाँकी रहंदा ८ विकेट क्षेतीमा भेटायो।

तिलाठी कोइलाडीको जितमा ओपनर सुनिल धमलाले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ४० बलमा ४ चौका र ७ छक्का प्रहार गरे। धमला खेलको प्लेयर अफ द म्याच घोषित भए। यस्तै भुवन कार्कीले ३०, बिकास दासले २०, रोहन विश्वकर्माले १९ तथा आशिष झाले १० रन बनाए ।

धमलाले आशिषसंग ६२ रनको ओपनिंग साझेदारी गरे। खडक वारियर्सका बलर राहुल मण्डलले ३ , गोमानंद अमात्य र रोबिन सिंहले २/२ तथा अरनिको यादवले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा ३ विकेट क्षेतीमा २०० रन बनाएको थियो। उसको लागि ओपनर मिनास थापाले सर्वाधिक ९३ रन योगदान दिए जुन क्रममा ६७ बलमा १३ चौका र ३ छक्का प्रहार गरे।

यस्तै राहुल मण्डलले ३९, अविनाश कर्णले २९ तथा अरनिको यादवले २३ रन योगदान दिए। मिनासले अविनाशसंग ८३ रनको ओपनिंग तथा राहुलसंग ७५ रनको दोश्रो विकेटको साझेदारी गरे। तिलाठी कोइलाडीका बलर भुवन कार्की, सुनिल धमला र अविशेक कार्कीले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत शनिवार पनि दुईवटा खेल हुनेछन्। दिनको पहिलो खेलमा विहान ९ बजे राजविराज ब्रदर्श र टिभीएस किंग्स तथा दोश्रो खेलमा दिउँसो १ बजे तिलाठी कोइलाडी र राजविराज द किंग बीच प्रतिस्पर्धा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?