+
+

चितवनका नेताहरुलाई देउवाको जवाफ : जितेर देखाउनु पर्‍यो नि !

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १८:४५

११ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनमा तालमेल नगरी चुनाव जितेर देखाउन नेताहरुलाई चेतावनी दिएका छन् ।

शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा चितवनका केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकबहादुर गुरुङले नेकपा मात्र होइन, एमाले समेत फुटेका बेला एक्लै चुनाव लड्नुपर्ने बताएका थिए । नेकपा एक हुँदा धरान उपमहानरगपालिकाको उपचुनाव जितेको भन्दै उनीहरुले भनेका थिए, ‘तालमेल नगरी चुनाव जित्न सकिन्छ ।’

त्यसको जवाफ फर्काउँदै देउवाले चितवनमा तालमेल नगरी चुनाव जितेर देखाउन भने ।

शुक्रबार ६ प्रदेशका सभापतिका साथै चुनावी अभियानमा खटिएका केन्द्रीय सदस्यहरुले बोलेका छन् ।

बैठकको अन्तिममा सभापति देउवाले चितवनका नेताहरुलाई जवाफ दिएका छन् । नेविसंघको सभापति भएदेखि चितवनको परिस्थितिबारे आफू जानकार रहेको भन्दै उनले भनेका छन्, ‘हामीसँगै हारेका छौं, जितेर देखाउनु पर्‍यो नि !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?