+

बैकुण्ठ मानन्धर सम्मानित

२०७८ चैत  ११ गते १८:५५ २०७८ चैत ११ गते १८:५५
बैकुण्ठ मानन्धर सम्मानित

११ चैत, काठमाडौं । काठमाडौं युरो स्कुल-युरो किड्स, गोंगबुले पूर्व धावक बैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरेको छ ।

युरोको वार्षिक खेलकुद दिवसको समापन अवसरमा मानन्धरलाई सम्मान गरिएको हो ।

युरोका अध्यक्ष प्रमोद पाण्डे, शैक्षिक निर्देशक दीपक गुप्ता, निर्देशकद्वय ज्ञानेन्द्रमान जोशी र राजाराम पुडासैनीले मानन्धरलाई नगदसहित मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।

मानन्धर दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन् । उनले म्याराथनमा स्वर्ण जितेका थिए । भारतमा १९८७ मा भएको तेश्रो सागमा मानन्धरले बनाएको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले पनि कायम छ । चार फरक संस्करणको ओलम्पिकमा सहभागिता जनाइसकेका मानन्धरले एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरिसकेका छन् ।

पाँचदिने खेलकुद दिवसको समापनमा मानन्धरले विभिन्न खेलका पदक विजेतालाई पनि पुरस्कृत गरे । खेलकुद दिवसमा ब्याडमिन्टन, टेबलटेनिस, बास्केटबल, फुटबल र एथलेटिकसको प्रतिस्पर्धा भएको थियो । पौराणिक खेलको जर्गेना गर्ने उद्देश्यले बाघचाल, गट्टा, चुङ्गी र ढ्याक खेलको पनि प्रतिस्पर्धा गराइएको अध्यक्ष पाण्डेले जानकारी गराए ।

बैकुण्ठ मानन्धर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय