+

पुरुष हक्की : सेना र सुदूरपश्चिम प्रदेश फाइनलमा

२०७८ चैत  ११ गते २०:१३ २०७८ चैत ११ गते २०:१३
पुरुष हक्की : सेना र सुदूरपश्चिम प्रदेश फाइनलमा

११ चैत, विराटनगर । विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना र सुदूरपश्चिम प्रदेश विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो । सुदूरपश्चिमका केशवराज जोशी, नरेन्द्र कार्की र कान्तुराम पनेरुले समान १–१ गोल गर्दै टिमलाई विजयी बनाए । गण्डकीका रोहित लामाले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका केशवराज जोशी घोषित भए ।

दोस्रो खेलमा नेपाली सेनाले लुम्बिनी प्रदेशलाई ५–१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो । सेनाका रोमन राणाले ४ गोल र राजेन्द्र कार्कीले १ गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच सेनाका रंजित राउत घोषित भए ।

शनिबार बिहान तेस्रो स्थानका लागि गण्डकी प्रदेश र लुुम्बिनी प्रदेशबीच खेल हुनेछ भने दिउँसो फाइनल खेल नेपाली सेना र सुदूरपश्चिम प्रदेशबीच हुने खेल संयोजक रञ्जन थापाले जानकारी दिए ।

१२ चैतसम्म हुने प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रगियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् ।

हक्की हक्की प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय