Photo Credit : प्रचण्डको सचिवालय
१२ चैत, चितवन । छ महिना छ दिनमा आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिम चुचुराहरू आरोहण गरेर विश्व कीर्तिमान बनाएका आरोही निर्मल पुर्जाले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।
चितवनमा भएको भेटमा अध्यक्ष प्रचण्डले आरोही पुर्जाका साहस र अनुभव सुनेर उनलाई थप सफलताको लागि हौसला प्रदान गर्दै विश्वका चमत्कारी र सहासिक सेलिब्रेटी बन्न सफल बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटमा प्रचण्डले साहसिक आरोही पुर्जाका हिमाल आरोहणका अनुभूतिबारे जिज्ञासा राख्दै आरोहीले व्यहोरेका समस्या र तिनका समाधानका बारेमा पनि जिज्ञासा राखेका थिए । भेटमा पुर्जाले आफूले देशका लागि अझै यस्तै अन्य कीर्तिमान कायम गर्ने कार्यहरु गरी देशको नाम राख्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4