+

राजविराज द किङ र किङ्स राजविराज विजयी

२०७८ चैत  १२ गते १८:०४ २०७८ चैत १२ गते १८:०४
राजविराज द किङ र किङ्स राजविराज विजयी

१२ चैत, काठमाडौं । सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको तेस्रो दिन टिभीएस किङ्स  राजविराज र राजविराज द किङ विजयी भएका छन् ।

पहिलो खेलमा टिभीएस किङ्स राजविराजले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा राजविराज ब्रदर्शलाई ५३ रनले पराजित गर्‍यो ।

टिभीएस किङ्स राजविराजले दिएको १७५ रनको लक्ष्य पछ्याएको राजविराज ब्रदर्शले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२१ रन मात्र बनाउन सक्यो । ब्रदर्शका चन्द्रप्रकाश मेहताले ३९ तथा निरज कुमार यादवले २९ रन योगदान दिए । टिभीएस किङ्सका बलर बिशाल सुश्लिङ र दीपेश सरदारले २/२ विकेट तथा शेइख इमरान, महबुब आलम र पप्पु यादवले १/१ विकेट लिए।

टस हारेर ब्याटिङ गरेको टिभीएस किङ्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७४ रन बनायो । उसका लागि ओपनर रोहन बिकले सर्वाधिक ४२ रन, विशाल सुश्लिङले ३५ रन तथा महबुब आलमले ३३ रन योगदान दिए । राजविराज ब्रदर्शका पार्थिव यादवले ३, सोनु तामाङले २ तथा अनुज चुनारा र अजय यादवले १/१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच विशाल सुश्लिङ घोषित भए।

दोस्रो खेलमा राजविराज द किङले पहिलो जित दर्ता गर्ने क्रममा तिलाठी कोइलाडी जायन्ट्सलाई १०९ रनले पराजित गर्‍यो । द किङले दिएको २२५ रनको लक्ष्य पछ्याएको जायन्ट्सले १६ ओभरमा ११५ रनमा सम्पूर्ण विकेट गुमायो ।

तिलाठी कोइलाडीको ब्याटिङमा रोशन विश्वकर्माले सर्वाधिक २० रन बनाए । राजविराज द किङको बलिङमा रोहित कुमार सिंह, नन्दन यादव, रुपेश कुमार सिंह र फिर्दोश अन्सारीले समान २ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको राजविराज द किङले २० ओभरमा ८ विकेटको क्षतिमा २२४ रन बनाएको थियो । यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका द किङका  ओपनर सन्तोष कार्कीले आक्रामक ब्याटिंग गर्दै ८८ रन बनाए जुन क्रममा ४१ बलमा ४ चौका र ९ छक्का प्रहार गरे ।

यस्तै नन्दन यादवले ३७, फिर्दोस अन्सारीले ३४ तथा शंकर रानाले २९ रन बनाए । तेस्रो विकेटको लागि सन्तोषले फिर्दोससंग १०८ रनको साझेदारी गरे । तिलाठी कोइलाडीका बलर जितेन्द्र यादवले ३, विकास दासले २ तथा अविशेक कार्की र योगेन्द्र सिंह कार्कीले १/१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सन्तोष कार्की घोषित भए ।

प्रतियोगिता अन्तर्गत चौथो दिन पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेलमा बिहान ९ बजे बजाज खडक वारियर्स र टिभीएस किङ्स राजविराज तथा दोस्रो खेलमा राजविराज ब्रदर्श र राजविराज द किङ्स  प्रतिस्पर्धा गर्नेछन्।

पाँच टिम सहभागी प्रतियोगिताको लिग चरणमा सबै टिमले एकअर्का बिरुद्ध १/१ खेल खेलेपछि उत्कृष्ट हुने दुई टिम फाइनल प्रवेश गर्नेछन् । टिभीएस किङ्स राजविराज, राजविराज द किङ्स, बजाज खडक वारियर्स, तिलाठी कोइलाडी जायन्टस र राजविराज ब्रदर्श प्रतियोगितामा सहभागी छन् ।

क्रिकेट सप्तरी प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय