+
+

कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १२:३४

१३ चैत, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा शुरु भएको हो ।

बैठकमा चुनावी प्रचार अभियानमा खटिएका केन्द्रीय सदस्यले आफू गएको जिल्लाको वस्तुगत अवस्था जानकारी गराउँदै छन् । त्यसका लागि केन्द्रीय सदस्यलाई ५ मिनेटको समय उपलब्ध गराइएको कांग्रेसले जनाएको छ ।

यसअघि पहिलो दिन गत शुक्रबारको बैठकमा छ प्रदेशका सभापति सहित २७ जनाले आफ्नो धारणा राखेका थिए । केन्द्रीय सदस्य चुनावी गठबन्धन गर्ने र नगर्ने पक्षमा विभाजित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?