१३ चैत, काठमाडौं । आइसीसी एकदिवसीय महिला विश्वकपमा बंगलादेशलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई १०० रनको फराकिलो अन्तरले हराउँदै इङ्ल्यान्ड सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको हो ।
टस जितेर ब्याटिङ रोजेको इङल्याडले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २३४ रनको योगफल तयार गरेको थियो । सेमिफाइनलमा पुग्न जित्नै पर्ने खेलमा इंग्ल्याण्डका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि बंगलादेशलाई ४८ ओभरमा १३४ रनमा अलआउट गर्दै फराकिलो जित निकालेको हो ।
इङ्ल्यान्डका लागि सोफिया डंकलीले सर्वाधिक ६७ रनको योगदान दिइन् । ९६ रनमा ४ विकेट गुमाएर दबाबमा परेको इङल्यान्डलाई जिताउन सोफियाले संयमित भएर ब्याटिङ गरेकी थिइन् ।
बलिङतर्फ बंगलादेशका लागि भने सलिमा खातुनले २ विकेट लिएकी हुन् । २३५ रनको लक्ष्य पछ्याएको बंगलादेशका लागि लता मंगलले सर्वाधिक ३० रन बनाइन् । बंगलादेशलाई सस्तैमा आउट गर्न इङ्ल्यान्डका सोफिया इस्लेस्टन र चार्ली डिनले ३-३ विकेट लिए ।
अष्ट्रेलिया र दक्षिण अफ्रिका यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका थिए । भारत र दक्षिण अफ्रिकबीच खेल भइरहेको छ । यो खेल जितेमा भारत सेमिफाइनल पुग्नेछ । दक्षिण अफ्रिकाले जितेको अवस्थामा वेष्ट इन्डिज सेमिफाइन पुग्नेछ ।
प्रतिक्रिया 4