+
+

जनजाति महासंघमा प्रतिनिधित्व नगराएको भन्दै थारू कल्याणकारिणीको आपत्ति

नेपाल आदिवासी जनजाति महासंघमा आफहरुको उचित प्रतिनिधित्व नभएको भन्दै थारू कल्याणकारिणी सभाले आपत्ति जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १७:१३

१३ चैत, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघमा आफहरुको उचित प्रतिनिधित्व नभएको भन्दै थारू कल्याणकारिणी सभाले आपत्ति जनाएको छ।

सभाले आइतबार पत्रकार रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरेर ९ र १० गते नवलपुरको कावासोतीमासम्पन्न १० औं महाधिवेशनबाट महासंघमा समानुपातिक प्रतिनिधित्वको मुद्दालाई बेवास्ता गरिएको आरोप लगाएको छ।

‘तराईका मूल भूमिपुत्र थारु जातिलाई उपेक्षा गर्दै बहिष्करण तथा अवमूल्यनसमेत गरी सम्पन्न गराइएको १०औं महाधिवेशनको कथित निर्वाचनको बहिष्कार गर्दै घोर भर्त्सना र विरोध गर्दछौं,’ पत्रकार सम्मेलनपछि सभाले विज्ञप्ति जारी गर्दै भनेका छ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले आदिवासी जनजाति महासंघ राजनीतिक स्वार्थको चंगुलमा परेर थारुलाई उपेक्षा गरेको आरोप लगाए ।

उनले भने, ‘यस्तो गरिमामय सामाजिक संस्था थारु कल्याणकारिणीसँग एक पटक पनि छलफल नगरीकन राजनीतिक स्वार्थमा थारुलाई सहभागी गराइएन। यो तराईको आदिबासी थारुमाथिको उपेक्षा हो।’

यस्तै थारु युवा सभाका अध्यक्ष कनुनलाल चौधरीले आदिवासी जनजातिमहासंघको नीति, कार्यक्रम र योजनाबनाउने सवालमा थारु समुदायलाई पछाडि पार्ने काम गरेको भन्दै तत्काल गल्ती सच्याउन माग गरे ।

त्यस्तै थारु भाषा साहित्य केन्द्रका उपाध्यक्ष बुद्धसेन चौधरीले आदिवासी, जनजातिहरुको अधिकारको लागि आफूहरुले निरन्तर आन्दोलन गर्दै आएको भए पनि अहिले आएर महासंघमा एकल जातिले राज्य गर्न खोजेको आरोप लगाए ।

थारु कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य रुक्मिनी चौधरीले थारुलाई विभेद गर्न खोजिएको भन्दै असन्तुष्टि जनाइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?