+

रिङ रेस्लिङको राष्ट्रिय च्याम्पियनसिप आउने शनिबार

२०७८ चैत  १३ गते १७:२२ २०७८ चैत १३ गते १७:२२
रिङ रेस्लिङको राष्ट्रिय च्याम्पियनसिप आउने शनिबार

१३ चैत, काठमाडौं । नेपाल रिङ रेस्लिङ संघले पहिलो राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

विश्व सम्पदा सूचीमा रहेको वसन्तपुर डवलीमा वैशाख १९ गते शनिबार प्रतियोगिता आयोजना हुनेछ ।

खेल पर्यटनको विकास तथा रिङ रेस्लिङको प्रचारप्रसारका लागि हेरिटेज रिङ रेस्लिङ प्रतियोगिता आयोजना गर्न लागिएको संघले जानकारी दिएको छ ।

संघका सिनियर खेलाडी तथाप्रशिक्षक नुवाकोटे टाइगर, चट्टान, डेभिड, साइन, टुप्पी ग्याङ, लेडी एन्जल, तन्नु, सिजेलगायत खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको हेवी वेट च्याम्पियनले १ लाख ५ हजार, कार्डकोर च्याम्पियनले ८५ हजार, मिडल वेट च्याम्पियनले ७५ हजार, ट्याग टिम च्याम्पियनसिपले ९५ हजार र लाइट वेट फिमेल च्याम्पियनले ६५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

१५ लाख लागख अनुमान गरिएको प्रतियोगितालाई काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

रिङ रेस्लिङ संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय