+
+

पाल्पा ढाका कपडाको राजधानी घोषित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १८:४०

१३ चैत, काठमाडौं । पाल्पालाई ढाका कपडाको राजधानीको रुपमा घोषणाा गरिएको छ ।

सरकार र निजी क्षेत्रको संयुक्त आयोजनामा शनिबार पाल्पालाई ढाका कपडाको राजधानीको रुपमा घोषणा गरिएको हो । नेपाली मौलिक ढाका कपडा उत्पादनमा पाल्पाले ख्याति कमाउँदै आएको छ ।

ढाका कपडाको उत्पादनलाई ब्रान्डिङ र प्रवर्द्धन गर्न ढाका कपडाको राजधानीको रुपमा घोषणा गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

लुम्बनी प्रदेशकी कानुन, महिला बालबाललका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले पाल्पालाई ढाका कपडाको राजधानी घोषणा गरेकी हुन् । यस्तो घोषणाबाट पाल्पाली ढाकाको ब्रान्डिङ भई यसको उत्पादन, प्रवर्द्धन, रोजगारी अभिवृद्धि तथा उद्यमीको क्षमता विकास हुने मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?