१३ चैत, काठमाडौं । पाल्पालाई ढाका कपडाको राजधानीको रुपमा घोषणाा गरिएको छ ।
सरकार र निजी क्षेत्रको संयुक्त आयोजनामा शनिबार पाल्पालाई ढाका कपडाको राजधानीको रुपमा घोषणा गरिएको हो । नेपाली मौलिक ढाका कपडा उत्पादनमा पाल्पाले ख्याति कमाउँदै आएको छ ।
ढाका कपडाको उत्पादनलाई ब्रान्डिङ र प्रवर्द्धन गर्न ढाका कपडाको राजधानीको रुपमा घोषणा गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
लुम्बनी प्रदेशकी कानुन, महिला बालबाललका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले पाल्पालाई ढाका कपडाको राजधानी घोषणा गरेकी हुन् । यस्तो घोषणाबाट पाल्पाली ढाकाको ब्रान्डिङ भई यसको उत्पादन, प्रवर्द्धन, रोजगारी अभिवृद्धि तथा उद्यमीको क्षमता विकास हुने मन्त्रालयको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4