+
+

युक्रेन तनाव : के यो नयाँ विश्व व्यवस्थाको आरम्भ हो ?

अमेरिकी नीतिको अविश्वसनीयता र राष्ट्रपति जो बाइडेनको अस्थिर विदेश नीतिकै कारण अमेरिका विश्वभरि आˆनो सहयोगी र मित्रहरू गुमाउँदैछ ।

नवीन शाह नवीन शाह
२०७८ चैत १४ गते १२:०५

विश्वले युक्रेनका युवा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको आत्मबल, साहस र देशभक्तिको प्रशंसा गरिरहेको छ । तर, यथार्थमा उनी सैन्य द्वन्द्व सुरु हुनुअघि अमेरिका र पश्चिमी राष्ट्रको प्रोत्साहन र झुटा प्रतिज्ञाहरूको सिकार भएका हुन् । युक्रेनी नेतृत्वले रूससँगको सम्बन्धमा केही महत्वपूर्ण तथ्यहरूलाई बेवास्ता गर्‍यो । पूर्वी भागमा बस्ने युक्रेनी जनसंख्याको राय सुझाव लिइएन । जबकि यस क्षेत्रमा रूसी भाषाभाषीको जनसंख्या १७ प्रतिशत छ ।

इतिहासको नै कुरा गर्ने हो भने युक्रेन कुनै बेला सोभियत संघको एउटा हिस्सा थियो । रूसलाई महाशक्ति राष्ट्र बनाउने अठोट, सुरक्षाको प्रत्याभूतिका साथै सोभियत संघ युगको पुनरुत्थान गर्ने साम्राज्यवादी महत्वाकांक्षाहरू रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमा जागेका कारण युद्ध लम्बिरहेको छ । लम्बिंदो युद्धका कारण विश्वभरका देशहरू स्वीकृत भइरहेका छन् ।

युद्ध लम्बिएसँगै अन्तर्राष्ट्रिय सम्बन्धमा विभाजन पनि बढ्दै गएको छ । जुन एउटा डरलाग्दो पक्ष हो । यसरी युद्ध अगाडि बढिसकेको अवस्थामा दुवै राष्ट्रलाई पछाडि जान निकै कठिन भइरहेको छ । हुन त युक्रेनी राष्ट्रपति जेलेन्स्की लचिलो भएर पुटिनसँग वार्ता गर्न एकदमै जरूरी छ भनेर भन्दै आएका छन् । तर, पुटिन भने वार्ता गर्ने ‘मूड’ मा छैनन् ।

युद्धलाई विराम गर्नु भनेको एक किसिमको ‘हार’ हो भन्ने मानसिकता पुटिनमा हावी भएको विश्लेषण पनि गर्न थालिएको छ । यो मनोदशाका कारण पनि पुटिन ‘ब्याक’ हुन नचाहेको हुनसक्ने आकलन भइरहेको छ । युद्धले गर्दा दुई धु्रवीय विश्व व्यवस्थाको स्थापनालाई सहज बनाउने कारक र वातावरणहरू बनिरहेको पनि देखिएको छ । यसमा सबैभन्दा महत्वपूर्ण भनेको अधिनायकवादी प्रवृत्ति राष्ट्रपति पुटिनको उपस्थिति, उनका साम्राज्यवादी सपना र सुरक्षा तथा खुफिया विभागको पृष्ठभूमि हो ।

के नयाँ र फरक विश्व व्यवस्था सृजना हुँदैछ ?

युरोपले दुई विश्वयुद्धको भयावहताको सम्झना गराउने अर्को संकटको सामना गरिरहेको छ । युरोपेली महाद्वीपको पूर्वी भागलाई तहसनहस पार्ने युद्धको नतिजा यस क्षेत्रमा मात्र सीमित नभई बाँकी विश्वमा पनि पर्नेछ ।

सन् १९९० मा सोभियत संघ (यूएसएसआर) को पतन भएदेखि नै रूस र युक्रेनबीच मतभेद रहँदै आएको थियो । उनीहरूको सम्बन्धमा विभिन्न चरणमा द्वन्द्व बढेपछि अहिले आएर युक्रेनसँग युद्ध नै सुरु भयो । दुई देशबीचको सम्बन्ध विभिन्न तहमा बिग्रिंदै गयो र रूसी सैन्य हस्तक्षेपले युक्रेनलाई संकटग्रस्त क्षेत्र बनायो ।

रूसी ट्याङ्कहरू युक्रेनको राजधानी किभको उपनगरमा पुगेका छन् । दृश्यहरूले २०औं शताब्दीको ६०को दशकमा भएका घटनाक्रमको सम्झना गराउँदछ । सोभियत ट्याङ्कहरू पाराग्वेमा प्रवेश गरे र ‘पाराग्वे वसन्त’ लाई कुल्चिएको थियो । यो कुनै परम्परागत युद्ध होइन, न त विवादित क्षेत्रलाई लिएर मात्र भएको द्वन्द्व हो, न त चुनावपूर्व प्रचारप्रसार हो । यो पूर्णतया फरक किसिमको युद्ध हो भन्ने कुरामा जोड दिन जरूरी छ ।

रूसको रणनीतिक सुरक्षा चिन्तनको परिणाम यो युद्ध हो भनेर बुझ्न सकिन्छ । यो युद्ध अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ व्यवस्था स्थापना गर्ने बाटोमा पहिलो पाइला पनि हो । यो विश्वव्यापी स्तरमा प्रभाव क्षेत्रको नयाँ विभाजन हो । वास्तवमा, यो युद्ध त्यो बाटोमा पहिलो एपिसोड होइन । पहिले जर्जिया (२००८), अब्खाजिया (२०१४), क्राइमिया (२०१५), सिरिया (२०१९) लिबिया (२०२०), बेलारुस (२०२०) लगायत देशमा यस्तै घटना भएका थिए ।

संसारलाई विश्व महाशक्ति हुँ भन्ने दम्भ देखाउने अमेरिका युक्रेनमा पूर्णतः असफल भएको छ । अमेरिकाको अफगानिस्तान र युक्रेनमा खेलेको भूमिकाले अमेरिकी विदेश नीति, सहयोगीहरूप्रतिको उसको इमानदारी र युद्ध लड्ने क्षमतामाथि गम्भीर प्रश्न खडा गर्छ । अमेरिकी नीतिको अविश्वसनीयता र राष्ट्रपति जो बाइडेनको अस्थिर विदेश नीतिकै कारण अमेरिका विश्वभरि आˆनो सहयोगी र मित्रहरू गुमाउँदैछ ।

यसले चीन र रूसका लागि अमेरिकी वर्चस्व तोड्नेे मौका समेत सृजना गरेको छ । अहिले रूस प्रत्यक्ष रूपमा अमेरिका र नेटोविरुद्ध उभिएको छ । रूससँग पुराना सहयोगीहरू चीन, भारत, उत्तर कोरिया लगायत टर्की, इरान र इजराइल जस्ता नयाँ मित्रहरू छन् ।

यी मुलुकहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रूससँगको व्यापारिक र कूटनीतिक सबन्ध भंग गर्ने पक्षमा छैनन् । यसले विश्वलाई दुई कित्तामा विभाजित गरेको छ । एक खेमामा अमेरिका, युरोपियन संघ र उसका सहयोगीहरू छन् भने अर्को खेमामा रूस, चीन र उसका सहयोगीहरू छन् । यसले संकेत गर्छ अब अमेरिका एक्लै विश्व मानचित्रको निर्णायक शक्ति रहेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?