+
+

केन्द्रीय समितिमा गगनले भने : म गठबन्धनको पक्षमा छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १६:३२

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले चुनावमा गर्ने गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसकिने बताए ।

‘देशभरमा लाखौ नयाँ मतदाता छन्,’ थापाले भने ‘उनीहरुलाई पहिलो पटक नै रुखमा भोट हाल्न लगाउने हो ।’

पहिलो पटक मत हाल्ने मतदातालाई यो पटक रुखमा भोट हाल्न लगाइने भने पछिल्लो चुनावमा रुखमा मत माग्न नसकिने उनको भनाइ छ ।

‘अहिले रूख बाहेकमा भोट हाल्न लगाउने हो भने उनीहरुले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ?,’ उनले प्रश्न गर्दै भने ‘अहिले हसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?’

बैठकमा सभापति शेरबहादुर देउवाले भने ७४ सालको संसदीय चुनावमा आफूले बालबाल जितेको भन्दै अहिले गठबन्धन गरेरै जानु पर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?