+
+

चीनका लागि नेपाली राजदूतमा माओवादी केन्द्रले दियो विष्णुपुकारको नाम

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते २०:२७

१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले चीानका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठलाई प्रस्ताव गरेको छ ।

सरकारले चीन लगायतका रिक्त रहेका देशहरुमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ । माओवादीले चीन लगायतका देशमा दाबी गरेको छ ।

स्रोतका अनुसार माओवादीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठको नाम सिफारिस गरेको हो ।

श्रेष्ठ हाल माओवादीको केन्द्रीय निर्वाचन आयोग प्रमुख छन् । उनी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि निर्वाचन आयोग प्रमुख थिए । कानूनी क्षेत्रका जानकारी उनले मानवअधिकार क्षेत्रमा पनि क्रियाशिल भएर काम गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?