+
+

‘५०० एमजी सिटामोलको गुणस्तरमा विश्लेषण गरौं, ३५० एमजी उत्पादन गरौं’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १३:४८

१५ चैत, काठमाडौं । नेपलिज एशोसिएसन अफ क्लिनिकल फर्मासिष्टले ५ सय एमजीको सिटामोलले काम नगरेको भन्ने भ्रम फैलाएर ६५० एमजीको सिटामोल बजारमा भित्राउन खोजिएको भन्दै विरोध जनाएको छ ।

५०० एमजी सिटामोलले काम गरेको छैन भने त्यसको गुणस्तरमापनमा विश्लेषण गर्नुपर्ने एशोसिएसनको ठहर छ ।

एशोसिएसनका अध्यक्ष डा. अनुपराज उप्रेतीले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘५०० एमजी सिटामोलले किन काम गरिरहेको छैन, त्यस्तो प्यारासिटामोलको गुणस्तर के छ, ल्याब परीक्षणलेमात्र गुणस्तर मापन हुन्छ कि हुँदैन भन्ने कुराहरु विश्लेषण नगरी ५०० एमजी प्यारासिटामोलले काम गर्न छाडेको भनेर ६५० एमजी सिटामोल बजारमा भित्राउन खोज्नुको कारणप्रति सबैजना सजक रहन आवश्यक छ ।’

एशोसिएसनले अमेरिकाको उदाहरण दिंदै ६५० एमजीको सट्टा ३२५ एमजीको सिटामोल उत्पादन गर्न उपयुक्त हुने समेत जनाएको छ । ३२५ एमजीको प्यारासिटामोल खासगरी वृद्धहरुलाई उपयुक्त हुने एशोसिएसनको विज्ञप्तिमा उल्लेख छ । त्यसको कारणबारे एशोसिएसनले भनेको छ, ‘प्यारासिटामोलमा अन्तरदहन (metabolized) गर्ने ग्लुथ्थीयोन (glutathione) भन्ने तत्व वृद्धहरुमा कमी हुने गर्दछ । तसर्थ वृद्धहरुमा ३२५ एमजी प्यारासिटामोल प्रयोग उपयुक्त हुन्छ ।’

एशोसिएसनका अनुसार ३५० एमजी सिटामोलले वयस्कमा पनि काम गर्छ । ६५० एमजी चाहिने अवस्थामा ३२५ एमजीको दुई डोज दिन सकिने एशोसिएसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?