+
+

प्रधानमन्त्रीको भारत भ्रमण : भ्रमण टोली र एजेण्डा दुवै तय हुन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १४:३८

१५ चैत, काठमाडौं । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको एजेण्डा तय हुन बाँकी रहेको बताएकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा तीन दिने भारत भ्रमणमा जाँदैछन् । उनले १९ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ ।

मंगलबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा लम्सालले बताए अनुसार भ्रमणको टोलीका सदस्यहरु र एजेण्डा दुवै टुंगो लाग्न बाँकी छ । उनले भनिन्, ‘आवश्यक तयारी भइरहेको छ । तर एजेण्डा तय हुन बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?