
१५ चैत, काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको छ ।
केन्द्रीय समिति बैठक र शीर्ष नेताहरुको बैठकले स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
पार्टीको केन्द्रीय समिति बैठक र शीर्ष नेताको बैठकले गठबन्धनबारे नीतिगत निर्णयमात्र गरेको महतले बताए ।
‘स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहको दलहरुसँग दलहरुसँग तालमेल गर्ने नीतिगत निर्णय भयो । व्यवहारमा कसरी कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा केन्द्रमा, प्रदेशमा र जिल्ला तहमा संयन्त्र बन्छ’ उनले भने ।
सदस्यता वितरण सुरु
कांग्रेसले देशव्यापी रुपमा पार्टीको साधारण सदस्यता र क्रियाशील सदस्यता वितरण पनि सुरु गर्ने निर्णय गरेको छ ।
यसअघि महाधिवेशनको समय नजिकिएपछि मात्र सदस्यता वितरण गर्दा विवाद हुने गरेको भन्दै कांग्रेसले यस वर्ष अहिले नै सदस्यता वितरण गर्न लागेको प्रवक्ता डा. महतले बताए ।
हेर्नुहोस् कांग्रेसको निर्णय
प्रतिक्रिया 4