१५ चैत, काठमाडौं । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।
उनलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् ।
यसअघि मंगलबार नै संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो ।
गत २६ फागुनमा बसेको न्यायपरिषदको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4