१६ चैत, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन सिफारिस भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले थम्पसनलाई नेपालका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको ह्वाइट हाउसले जनाएको छ ।
केही प्रक्रिया पूरा गरेपछि थम्पसनले हालका अमेरिकी राजदूत र्याण्डी बेरीलाई प्रतिस्थापन गर्नेछन् ।
हाल उनी अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव हुन् । अमेरिकी नीति र सो क्षेत्रका देशहरुसँगको सम्बन्धबारे हेर्ने जिम्मा उनलाई छ ।
थम्पसनसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समयसम्म काम गरेको अनुभव छ ।
उनले मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रुपमा काम गरेका थिए । उनीसँग रोमानियाको बुखारेष्टस्थित अमेरिकी दूतावास, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल र श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव छ ।
(यसअघि समाचारमा थम्पसन राजदूत नियुक्त भएको उल्लेख भएकाले सच्याइएको छ । सं.)
प्रतिक्रिया 4