१६ चैत, काठमाडौं । विकेटकिपर ब्याट्सम्यान दिलीप नाथले मलेसियाविरुद्ध खेल्दै टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्दैछन् ।
त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत बुधबार मलेसियाविरुद्धको खेलअघि दिलीपलाई डेब्यु क्याप प्रदान गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानका क्रिकेट डाइरेक्टर तथा राष्ट्रिय टिमका पूर्वकप्तान विनोद दासले दिलीपलाई डेब्यु क्याप प्रदान गरे ।
नेपालका लागि सन् २०१७ मा लिस्ट ए मा डेब्यु गरेका दिलीपले २०१८ मा स्कटल्याण्डविरुद्ध पछिल्लो पटक नेपालका लागि खेलेका थिए ।
घरेलु क्रिकेट नेपाल पुलिसबाट खेल्ने दिलीप बायाँ हाते ब्याट्सम्यान हुन् ।
प्रतिक्रिया 4