१६ चैत, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष शपथ लिएका हुन् । न्यायपरिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार श्रेष्ठलाई नियुक्त गरेकी थिइन् ।
यसअघि श्रेष्ठ उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4