१६ चैत, काठमाडौं । धनकुटा नगरपालिकाले नगर विकास कोषसँग ३ करोड ऋण सम्झौता गरेको छ ।
नगर विकास कोषको खानेपानी तथा सरसफाइ कार्यक्रम अन्तरगत धनकुटा नगरपालिकामा ‘डिप बोरिङ तथा रिजर्भ्वायर ट्यांकी’ आयोजनाका लागि ऋण सम्झौता गरेको हो ।
आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाबीच तीन करोड आठ लाख ५६ हजार रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर भएको कोषले जानकारी दिएको छ ।
आयोजना निर्माणको कुल अनुमानित लागत ३ करोड ४२ लाख ८५ हजारको ९० प्रतिशत रकम कोषको तर्फबाट ऋण र १० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4