+
+

‘प्रेमगञ्ज’मा तेजको ‘राजा’ लुक्स

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १४:०४

काठमाडौं । फिल्म ‘प्रेमगञ्ज’को पात्र लुक्ससहितको पोस्टर सार्वजनिक भएको छ । अभिनेता तेज गिरीलाई ‘राजा’ चरित्रमा प्रस्तुत गरिएको छ । उनको यो डेब्यु फिल्म पनि हो ।

भदौ ३ गते रिलिजको तयारीमा रहेको फिल्मको लेखक तथा निर्देशक परिच्छेद सेन हुन् ।

यसअघि भ्यालेन्टाइन डेको अवसरमा अभिनेत्री बेनिशा हमालको लुक्स सार्वजनिक गरिएको थियो । तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिम्रन खड्काको अभिनय छ ।

चलचित्र चौतारीको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्ममा डेढ करोड लगानी भएको निर्माण पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?