+
+

सर्लाहीका एसपी प्रसाईं जिम्मेवारीबाट हटाइए

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १५:३५

१६ चैत, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले सर्लाही प्रहरी प्रमुख परिवर्तन गरेको छ ।

सर्लाही पठाइएको ६ महिनामै प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण प्रसाईंलाई जिम्मेवारीबाट हटाएको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बनाएको आचारसंहितामा सामान्तयाः एक वर्ष अवधि पूरा नभइ कुनै इकाइको नेतृत्व गरिरहेका प्रहरीलाई नहटाउने भनिएको थियो । तर आर्थिक अनियमिततामा मुछिए जुनसुकै वेला हटाउने सकिने भनिएको थियो ।

तर प्रसाईंलाई जनता समाजवादी पार्टीका सचेतक प्रमोद शाहसँगको विवादसँग जोडेर हटाइएको एक प्रहरी अधिकृतले बताए । उनका अनुसार शाहमाथि शनिबार आक्रमण भएपछि जसपा एसपी प्रसाईंसँग रुष्ट थियो ।

प्रसाईंलाई हटाएपछि उनको ठाउँमा एसपी प्रविण पोखरेललाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?