१६ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न तहको शिक्षक पदमा परीक्षा दिन जाने परीक्षार्थीलाई परीक्षा हलमा मोबाइल नलैजान सूचित गरेको छ ।
शिक्षक आयोगले विद्यालय तहका माध्यमिक, निम्न माध्यामिक, प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाका परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षार्थीले परीक्षा हलमा जाँदा मोबाइल फोन लिए जान नपाउने निर्देशन प्रवेशपत्रमा उल्लेख भए पनि अधिकांश परीक्षार्थीले बोकेको पाइएपछि सूचना निकाल्नुपरेको आयोगले जनाएको छ ।
आयोगले सार्वजनिक गरेको सूचनामा परीक्षालाई मर्यादित बनाउने कार्यमा मोबाइल फोनलगायतका एलेक्ट्रोनिक डिभाइस साथमा नलैजान भन्दै लगेमा परीक्षा केन्द्रमा रहेका कर्मचारीबाट जफत हुन सक्ने चेतावनी दिएको छ ।
आयोगले परीक्षा केन्द्रमा खटिने कर्मचारीहरुलाईसमेत सोही अनुसार आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
आयोगले १७ हजार बढी रिक्त रहेको विभिन्न तहको शिक्षक पदमा परीक्षा लिईरहेको छ । माध्यमिक तहको परीक्षा मंगलबार लिएको छ भने निम्नमाध्यामिक तहको परीक्षा बिहीबार, प्राथमिक तहको परीक्षा आगामी १९ गते र आन्तरिक बढुवाको परीक्षा २१ गते हुनेछ ।
प्रतिक्रिया 4