१७ चैत, काठमाडौं । मोहम्मद आदिल अन्सारीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको आफ्नो डेब्यू खेलमै उत्कृष्ट ब्याटिङ गरेका छन् ।
त्रिकोणात्मक टी-२० श्रृङ्खला अन्तर्गत बिहीबार पपुवा न्यूगिनी (पीएनजी) विरुद्धको खेलबाट नेपालको सिनियर टिममा डेब्यु गरेका उनले आक्रमक ब्याटिङ गर्दै ११ बलमै ३१ रन बनाए ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा डेब्यु खेलमै आदिलले टिममा आफ्नो प्रवेशलाई सार्थक बनाए । उनले ११ बल खेल्दा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन जोडे ।
दीलिप नाथ र आरिफ शेख भन्दा आगाडि उनले पाँचौ नम्बरमा ब्याटिङ गरेका थिए ।
चौथो विकेटका लागि आदिलले दीपेन्द्र सिंह ऐरीसँग मिलेर ७६ रनको साझेदारी गरे । आदिल अन्तिम ओभरमा कबुअ मवरेअको बलमा एलबीडब्लु धरापमा परे ।
आदिलले १९औं ओभरमा ३ छक्का सहित २५ रन जोडेका थिए । आदिल र दीपेन्द्रले उक्त ओभरमा ३२ रन जोडेका थिए ।
घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका प्रदेश २ का आदिलले यू-१९ एसिया कप खेलिसकेका छन् ।
प्रतिक्रिया 4