+
+

शान्ति समाजको ‘हिमालय बचाऔं, नदी जोगाऔं’ अभियान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १६:३८

१७ चैत, गोरखा । मानव अधिकार तथा शान्ति समाजले ‘हिमालय बचाऔं, नदी जोगाऔं’ अभियान सुरु गरेको छ । बिहीबार गोरखा सदरमुकामबाट सुरु गरिएको अभियान पहिलो चरणमा २१ जिल्लामा सञ्चालन हुने शान्ति समाजले जनाएको छ ।

गोरखा सदरमुकाममा भएको कार्यक्रममा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले हिमालमा हिउँ घट्दै गएको र त्यसले मानव अस्तित्व संकटमा परेको बताए । ‘पानीको मुख्य स्रोत भनेको हिमालय नै हो,’ उनले भने, ‘तर नदीमैत्री नीति भएन, स्थानीय तहदेखि केन्द्रसम्म कसैले चासो दिएको देखिएन ।’

हिमालय संरक्षण गर्न र नदी जोगाउन स्थानीय स्तरबाटै विशेष कार्ययोजना र सहकार्य गर्नुपर्ने उनको भनाइ छ । हिमालय बचाउन सके मानव अस्तित्व बचाउन सकिने भएकाले सचेतनाका लागि जनजागरण अभियान सुरु गरिएको उनले बताए ।

जलवायु परिवर्तन र हिमालय क्षेत्रको विनाशका कारण हुन सक्ने विस्थापनलाई रोक्न बेलैमा सचेत हुन उनले आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?