+

एशिया ट्रायथलन कप भोलि हुने

२०७८ चैत  १८ गते १६:५६ २०७८ चैत १८ गते १६:५६
एशिया ट्रायथलन कप भोलि हुने

१८ चैत, पोखरा । नेपाल ट्रायथलन संघको आयोजनामा एशिया ट्रायथलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप भोली शनिबार पोखराको फेवातालमा हुने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ ।

प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजकिस्तान, भारत, बंगलादेश र नेपाल गरी ७ राष्ट्रका पुरुष तर्फ ४० र महिलातर्फ २३ गरी ६३ खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिता पोखराको बसुधरा पार्कस्थित फेवा लेकमा सञ्चालन हुने छ ।

प्रतियोगिता ७५० मिट पौडी, २० साईक्लिङ्ग र ५ किमी दौडको दूरीमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

अघिल्लो संस्करणमा उक्त दूरी जापानका माकोतो ओदाकुराले ५४ मिनट ५७ सेकेन्डमा पार गरेका थिए । यस्तै महिला तर्फ भारतकी प्रग्न्या मोहनले १ घन्टा ९ मिनट २३ सेकेन्डमा पुरा गर्दै च्याम्पियन भएकी थिईन् ।

यसअघि संघले २०७६ वैशाखमा पहिलो संस्करणको एयिशन कप सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यस्ता प्रकारका प्रतियोगिता तथा च्याम्पियनसिपले खेलकुदको विकास मात्र नभई पर्यटनलाई पनि संग संग अगाडी बढाउन मद्धत पुग्ने विश्वास गरिएको छ ।

नेपालमा ट्रायथनको ईतिहासलाई हेर्ने हो भने १९८४ मा पोखरामा विदेशीहरुले रमाईलोका लागि प्रतियोगिता गरेको देखिन्छ । त्यसयता निस्कृय रहेको खेललाई २०११ मा संघको पुनर्गठन भए पश्चात छोटो समयमा नै यसले फड्को मार्दै छ ।

संघको पुनर्गठन पश्चात अन्तराष्ट्रिय स्तरमा पदक प्राप्त गर्नुका साथै नेपालले दक्षिण एशियाली च्याम्पियनसिपको निरन्तर आयोजना गर्दै आइरहेको छ ।

नेपालमा ट्रायथलनको विकास र विस्तारलाई नजिकबाट नियाली रहेको अन्तराष्ट्रिय ट्रायथलन युनियन हाल विश्व ट्रायथलनले सकारात्मक नेपालले गरेको सकारात्मक परिणामलाई मध्यनजर गर्दै एयिशन कपको जिम्मेवारी प्रदान गरेको हो ।

एशिया कप ट्रायथलन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय