+
+

नयाँँ वर्षमा शाओमीको ‘मि मा डबल मज्जा’ अफर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १८:२३

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले उपभोक्ताका लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर ल्याएको छ । यो अफर अन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताहरुले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मि ४ए टेलिभिजन जित्न सक्नेछन् ।

प्रिमियम प्राइस सेग्मेन्टमा शाओमीले यस्तो स्थान बनाएको छ जसले गर्दा नयाँँ टिभी किन्न चाहने उपभोक्ताहरुका लागि बजारमा यो भन्दा राम्रो विकल्प छैन । उपभोक्ताको माग र नजिकिंदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर शाओमीले ‘मि मा डबल मज्जा’ अफर ल्याएको छ । यो अफर १८ चैतदेखि ३१ वैशाखसम्म लागू हुनेछ ।

मि मा डबल मज्जा

अफर उपहार विजेता
बम्पर उपहार मि नोटबुक प्रो
साप्ताहिक लक्की ड्र मि ४ए टेलिभिजन ४०”

यो अफर अन्तर्गत मि टेलिभिजन खरिद गर्ने एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत बम्पर उपहारको रुपमा मि नोटबुक प्रो र ६ जना भाग्यशाली विजेताहरुले साप्ताहिक लक्की ड्र मार्फत ४०” को मि ४ए टेलिभिजन जित्न सक्नेछन् ।

मि टेलिभिजनले एन्ड्रोइड सपोर्ट गर्ने भएकोले यसले प्ले स्टोरमा भएको ४ हजार भन्दा बढी एपहरु सपोर्ट गर्छ । यसको अर्को विशेषता भनेको यसमा भएको स्मार्ट ब्लुटुथ रिमोट हो जसले गर्दा च्यानल चेन्ज गर्न टिभीमै रिमोट पोइन्ट गरी राख्नुपर्दैन र यसमा नेपाली भाषामै युट्युब र नेट फ्लिक्समा सर्च गर्न मिल्छ ।

साथै यसमा भएको डाटा सेभर टेक्नोलोजीले मोबाइल डाटाबाटै टिभी हेर्दा पनि अरु टिभीमा भन्दा ४० प्रतिशत बढी डेटा बचत गर्छ । मि टेलिभिजनको अर्को विशेषता भनेको यसमा भएको फ्रेम रेट रिडक्सन टेक्नोलोजी हो ।

बजारमा उपलब्ध यसको ३२ देखि ६५ इन्चको जुन टिभी किने पनि उही फिचरहरु भएकोले गर्दा सानो टिभी किने पनि ठुलो टिभीमै जस्तो सम्पूर्ण फिचरहरुको मज्जा लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?