१९ चैत, काठमाडौं । नेपाली क्रिकेट खेलाडी रोहित पौडेलले टी-२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उनले मलेसियाविरुद्धको खेलमा ५० रन पूरा गरेका हुन् ।
उनले ३२ बल खेल्दै ५ चाैकाको मद्दतमा ५० रन पूरा गरे । उनी ३४ बलमा ५१ रन बनाएर आउट भएका छन् । टी-२० त्रिदेशीय सिरिजमा मलेसियाविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया 4