+
+

दीपेन्द्रले बनाए टी-२० मा पनि शतक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १९ गते १४:०४

१९ चैत, काठमाडौं । नेपाली ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्धको खेलमा उनले ५७ बल खेल्दै ६ छक्का र १० चौकाको मद्दतमा ११० रनमा अविजित रहे । योसँगै उनी टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

यसअघि पूर्वकप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टी-२० आईमा शतक प्रहार गरिसकेका छन् ।

टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रिय दुबैतर्फ भने यसअघि पूर्वकप्तान खड्काले मात्र शतक पूरा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?