+

दीपेन्द्रकाे शतकमा नेपालले मलेसियालाई दियाे २२४ रनकाे लक्ष्य

२०७८ चैत  १९ गते १४:०७ २०७८ चैत १९ गते १४:०७
दीपेन्द्रकाे शतकमा नेपालले मलेसियालाई दियाे २२४ रनकाे लक्ष्य

१९ चैत, काठमाडौं । त्रिकाेणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भइरहेको खेलमा नेपालले मलेसियालाई २२४ रनकाे लक्ष्य दिएकाे छ ।

दीपेन्द्र सिंह ऐरीले ११० रन बनाएपछि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले ५ विकेट गुमाएर २२३ रन बनाएकाे हाे ।

टी-२० अन्तर्राष्ट्रियमा नेपालकाे याे तेस्राे ठूलाे स्काेर हाे । यसअघि नेपालले गत वैशाखमा त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्स विरुद्ध २३८ र २०१९ मा त्रिवि क्रिकेट मैदानमा नै १३औं सागमा भुटानविरुद्ध २३६ रन बनाएकाे थियाे ।

दीपेन्द्र ओडीआई र टी-२० आईमा शतक प्रहार गर्ने दाेस्राे नेपाली खेलाडी बने । यसअघि पूर्व कप्तान पारस खड्काले दुवै फर्म्याटमा शतक प्रहार गरेका थिए ।

दीपेन्द्रले ५७ बल खेल्दै १० चाैका र ६ छक्का मद्दतमा अविजित ११० रन बनाए ।

यस्तै राेहित पाैडेलले पहिल टी-२० अन्तर्राष्ट्रियमा पहिलाे अर्धशतक प्रहार गरे । राेहितले ३४ बल खेल्दै ५ चाैका मद्दतमा ५१ रन बनाए ।

दीपेन्द्र र राेहितले तेस्राे विकेटका लागि ९६ रनकाे साझेदारी गरेका थिए ।

ओपनर आसिफ शेखले १८ र कुशल भुर्तेलले १२ रन बनाए । आरिफ शेख २ रन बनाएर आउट भए ।

आदिल अन्सारीले १४ रन जाेडे । अन्तिम बलमा आदिल रनआउट हुनुअघि दीपेन्द्रसँग ५९ रनकाे साझेदारी गरे ।

बलिङमा मलेसियाका लागि मुहम्मद वाफिक, पवनदिप सिंह, स्याज्रुल ईद्रुस र मुहम्मद अमिरले १-१ विकेट लिए ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय