+
+

आहुतिलाई महासचिव चयन गर्दै सकियो वैज्ञानिक समाजवादी पार्टीको भेला

केन्द्रीय समितिमा ४० प्रतिशत महिला, पाँच सदस्यीय प्रबुद्ध समिति पनि गठन

वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेलाले विश्वभक्त दुलाल (आहुति)को नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको छ । साथै भेलाले कार्यकारी अधिकारसहितको पाँच सदस्यीय प्रवुद्ध समिति पनि गठन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १२:०५

२० चैत, काठमाडौं । वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेलाले विश्वभक्त दुलाल (आहुति)को नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको छ । साथै भेलाले कार्यकारी अधिकारसहितको पाँच सदस्यीय प्रवुद्ध समिति पनि गठन गरेको छ ।

प्रवुद्ध समितिको संयोजकमा कलैयाका ९० वर्षीय नन्दन अर्याल चुनिएका छन् । डा. शिवशंकर यादव, रोहित हिङनाम, हरिदेव ठाकुर लगायत प्रवुद्ध समितिको सदस्य छन् ।

केन्द्रीय सदस्य मदन अर्याल (प्रभात)का अनुसार कम्युनिष्ट आन्दोलनमा योगदान गरेकाहरु पाका व्यक्तिहरु रहने प्रवुद्ध समितिले केन्द्रीय समितिको निर्णयलाई पनि भिटो प्रयोग गरेर रोकेर फिर्ता पठाइदिन सक्छ । त्यसलाई नसच्याइकन फेरि ल्याइए राष्ट्रिय भेला समेत बोलाउन सक्ने अधिकार रहेको अर्यालले बताए ।

वैज्ञानिक समाजवादी पार्टीको केन्द्रीय समितिमा ४० प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ । यद्यपि केन्द्रीय समितिले पूर्णता पाउन भने बाँकी छ । सचिवालय गठन र एकजना प्रवक्ता चयन गर्न पनि बाँकी छ । केन्द्रीय समितिको एक तिहाइ सदस्य सचिवालयमा रहन्छन् । केन्द्रीय समितिले पूर्णता पाएपछि सचिवालय गठन हुने एक नेताले बताए ।

यही चैत १७ गतेदेखि काठमाडौंमा राष्ट्रिय भेला सुरु भएको थियो । १८ गतेको बन्दसत्रमा आहुतिले राजनीतिक, जागृत रायमाझीले विधान, धनकुमारी सुनारले आर्थिक प्रतिवेदन पेश गरेका थिए । मधेश प्रदेश संयोजकसमेत रहेका केन्द्रीय सदस्य मदन अर्यालको समसामयिक परिस्थितिमा प्रस्तुति थियो ।

प्रस्तावहरुमा समूहगत छलफलपछि १९ गते पारित गरिएको थियो । भेलामा करिब चार सय प्रतिनिधिहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?