+

हेरिटेज रिङ रेस्लिङको हेभीवेटमा डेभिड च्याम्पियन

२०७८ चैत  २० गते १२:३९ २०७८ चैत २० गते १२:३९
हेरिटेज रिङ रेस्लिङको हेभीवेटमा डेभिड च्याम्पियन

२० चैत, काठमाडौं । प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिप अन्तर्गतको हेभी वेट विधामा डेभिड चट्टान च्याम्पियन बनेका छन् ।

काठमाडौंको वसन्तपुर डबलीमा शनिबार भएको हेभीवेट भिडन्तमा डेभिडले नुवाकोटे टाइगरलाई पराजित गरेका हुन् ।

डेभिडले हेभीवेट बेल्टसँगै १ लाख ५ हजार रुपैयाँ पुरस्कार पाए । मिडल वेट च्याम्पियन बनेका नुवाकोटे टाइगरले ७५ हजार प्राप्त गरे । यो विधामा अघिल्लो पटकको च्याम्पियन चट्टान तेस्रो भए । तेस्रो स्थानको लागि हुने प्रतिस्पर्धामा साइन घाइते भएर खेल्न नसक्ने भएपछि रेफ्रीले उनलाई विजेता घोषणा गरेको थियो ।

हार्डकोर च्याम्पियन उनले ८५ हजार रूपैयाँ पुरस्कार पाए । नुवाकोटे टाइगरले चट्टानलाई तथा डेभिडले साइनलाई पराजित गर्दै फाइनलको भिडन्त तय गरेका थिए । ट्याग टिममा योङ स्याडी र सिजे वल्डको जोडीले स्पाइडर म्यान्सलाई पराजित गर्दै च्याम्पियन बने । ट्याग टिम च्याम्पियन जोडीले ९५ हजार रुपैयाँ पुरस्कार पाए ।

निकै नै रोमाञ्चक बनेको लाइट वेट फिमेलमा तन्नुलाई पराजित गर्दै आकृती च्याम्पियन बनिन् । आकृतिले ६५ हजार रुपैयाँ पुरस्कार पाइन् ।

नेपाल रिङ रेस्लिङको आयोजना तथा काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा नुवाकोटे टाईगर, चट्टान, डेभिड, साईन, टुप्पी ग्याङ, लेडी एन्जल, तन्नु, सिजे, एससी, जोन, बाका, आकृति, योङ श्याडी, स्पाइंडर म्यान लगायत महिला तथा पुरुष खेलाडीहरुको प्रतिस्पर्धा गरेका थिए ।

डेभिड चट्टान रिङ रेस्लिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय