+
+

नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा.श्यामबाबु यादव

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १३:००

२० चैत, काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा.श्यामबाबु यादव निर्वाचित भएका छन् । आइतबार सम्पन्न दशौँ राष्ट्रिय सम्मेलनबाट डा. यादवको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा डा. शंकर गौतम र महिला उपाध्यक्षमा ऐश्वर्य श्रेष्ठ, प्रादेशिक उपाध्यक्षमा प्रदेश १ बाट डा. अभिषेक ताम्राकार, मधेस प्रदेशबाट डा. सुजित यादव, बागमती प्रदेशबाट डा. नदन कँडेल, गण्डकी प्रदेशबाट डा.सरोज कुमार राय, लुम्बिनी प्रदेशबाट डा. देवराज केसी, कर्णाली प्रदेशबाट डा. शंकरप्रसाद रिजाल र सुदूरपश्चिम प्रदेशबाट डा. खगेन्द्र बहादुर बम निर्वाचित भएका छन् ।

त्यस्तै महासचिव डा. कोपिला अधिकारी, सचिवमा डा. प्रेरक रेग्मी र कोषाध्यक्षमा डा. शारदा खनाल निर्वाचित भएका छन् ।

सदस्यहरुमा डा. नरेन्द्र लामिछाने, डा. कैलाश न्यौपाने, डा. ऋषिकेशव भुसाल, डा. राजकुमार साह, डा. हरि खनाल, डा. सुवर्ण पौडेल निर्वाचित भएका छन् ।

सदस्यहरुमै जनजातितर्फ डा. जिनेन्द्र श्रेष्ठ, मधेसीतर्फ डा. दीपककुमार मण्डल, महिला तर्फ डा. सरिता बजगाईं, दलिततर्फ डा. कलावती विक निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?