२० चैत, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन सहित शीर्ष नेताहरु सोमबार भैरहवामा आउने भएका छन् ।
राप्रपा रुपन्देहीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष लिङदेनसहितका नेताहरु भैरहवा आउने भएका हुन् ।
आमसभालाई लिङ्देनसहित उपाध्यक्ष ध्रुवबहादुर प्रधान, वरिष्ठ नेता दीपक बोहरा, नेता निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाही र केन्द्रीय सदस्य रेखा थापा सहितका नेताहरुले सम्बोधन गर्ने राप्रपा रुपन्देहीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
आमसभामा विभिन्न पार्टी परित्याग गरी करिब एक हजार नेता कार्यकर्ता राप्रपामा प्रवेश गर्ने राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाले दावी गरे ।
मुलुकमा भ्रष्टाचार, बेथिती बढेको र राष्ट्रियता संकटमा परेकाले त्यसकोविरुद्ध स्थानीय चुनावलाई लक्षित गरी आमसभा गरिएको राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदयले बताए ।
प्रतिक्रिया 4