+

दीपेन्द्रले पूरा गरे टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन

२०७८ चैत  २१ गते १३:३८ २०७८ चैत २१ गते १३:३८
दीपेन्द्रले पूरा गरे टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन

२१ चैत, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पपुवा न्यूगिनीविरुद्धको त्रिकोणात्मक टी-२० श्रृंखलाको फाइनल खेलमा २१ रन जोडेसँगै दीपेन्द्रले टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका हुन् । उनले १३औं ओभरमा २१ रन जोडेका थिए ।

उनले ३९ खेल खेल्दा ३४ इनिङ्समा ब्याटिङ गर्दै एक हजार रन जोडेका हुन् । दीपेन्द्रले यस क्रममा १ शतक र ४ अर्धशतक समेत प्रहार गरेका छन् ।

उनले यही श्रृंखलाबाटै पूर्वकप्तान पारस खड्काको नाममा रहेको सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय रनको कीर्तिमान तोडेका थिए । पारसलले ३३ खेल खेल्दै १ शतक र ४ अर्धशतक प्रहार गर्दै ७९९ रन बनाएका थिए ।

दीपेन्द्रले श्रृंखलाको अन्तिम लिग खेलमा मलेसियाविरुद्ध अविजित शतक प्रहार गरेका थिए । उनले मलेसिया विरुद्ध ११० रन प्रहार गरेका थिए । जुन टी-२० अन्तर्राष्ट्रियमा नेपाली खेलाडीले एकै खेलमा बनाएको सर्वाधिक रन हो ।

दीपेन्द्र टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने चौथो खेलाडी हुन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेलले शतक प्रहार गरेका थिए ।

यस्तै दीपेन्द्र दुवै फर्म्याटमा शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि पारसले दुवै फर्म्याटमा शतक प्रहार गरेका थिए ।

यस्तै टी-२० मा सर्वाधिक रन बनाउने सूचीमा तेस्रो स्थानमा रहेका अर्का पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ४० खेलबाट ७४८ रन बनाएका छन् ।

दीपेन्द्र टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने विश्वकै ७६औं खेलाडी बनेका छन् । भारतका रोहित शर्माले सर्वाधिक ३ हजार ३१३ रन बनाएका छन् ।

दीपेन्द्र सिंह ऐरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय