+
+

विवाह गर्ने प्रलोभन दिई रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १७:४३

२१ चैत, काठमाडौँ । प्रहरीले विवाह गर्ने प्रलोभन दिई पीडितलाई रकम ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप साँघुटार नगरपालिका-३ घर भई हाल काठमाडौं धापासी बस्‍ने ५२ वर्षीय लोक बहादुर श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले पीडितलाई विश्‍वासमा पारी आफू विरामी रहेको भन्‍दै आईएमई र सिटी एक्प्रेसबाट पटक-पटक गरी ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

अपराध महाशाखालेको टोलीले उनलाई काठमाडौंको विशालनगरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?