२१ चैत, काठमाडौं । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा विदेश सचिव नियुक्त भएका छन् ।
भारत सरकारले सोमबार क्वात्रालाइ विदेश सचिव नियुक्त गरेको जानकारी दिएको हो । क्वात्रा फ्रान्सको राजदूत पनि भइसकेका छन् । उनले भारतको कुटनीतिक सेवामा ३२ वर्ष बिताएका उनले भारतका प्रधानमन्त्रीको कार्यालयमा सहसचिव भएर पनि काम गरिसकेका छन् ।
भारतका अहिलेका विदेश सचिव हर्षवद्र्धन शृंगलाले अवकास पाउने भएपछि क्वात्राले यो जिम्मेवारी पाएका हुन् ।
क्वात्रा दुई वर्षअघि नेपालको राजदूत नियुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4